जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक, अब सम्पूर्ण जानकारी एकै ठाउँमा

ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक, अब सम्पूर्ण जानकारी एकै ठाउँमा

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न Jyoti Bot सेवा सुचारु गरेको छ।  

अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेज का साथै मोबाईल एपबाटै च्याटमार्फत स्वचालित रुपमा प्राप्त गर्न सकिने ज्योतिलाईफले कम्पनीले जानकारी गराएको छ।

च्याटबटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ । साथै कम्पनीका विभिन्न सेवाहरुस बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धि जानकारी र  सो को प्रतिक्रिया, हेल्पडेस्क, अनलाईन भुक्तानी, डाउनलोडहरु तथा अन्य सेवाहरु उपलब्ध छन्। यसैगरी कम्पनीले आगामी दिनहरुमा उक्त च्याटबटमा थप सुबिधाहरु राख्दै सो सेवा हरुलाई अझ परिष्कृत बनाउने कुरा उल्लेख गरेको छ । 

4430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका