जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • सामसङले घोषणा गर्‍यो चाडपर्व लक्षित ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर

सामसङले घोषणा गर्‍यो चाडपर्व लक्षित ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर

सामसङले ‘भव्य दशैं तिहार, घर भरि उपहार’ अफर सार्वजनिक गरेको छ। यो अफर आगामी कार्तिक ३० गतेसम्म संचालन हुनेछ। यो अफरमा ग्राहकहरुलाई ३१ प्रतिशत सम्मको छुटमा सामसङ टिभीहरु र घरेलु उपकरणहरु छनोट गर्ने अवसर मिल्नेछ। सामसङ टिभीहरुको खरिदमा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिंक इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने कम्पनीले जनाएको छ।

यस्तै, सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउने अफर पनि घोषणा गरिएको छ।

सामसङले आफ्नो नयाँ दायराको एचडी, एफएचडी, ४के युएचडी, क्युएलईडी, नियो क्युएलईडी ४के टिभी र फ्रेम टिभीहरुमा आकर्षक छुट पनि घोषणा गरेको छ। ती उपकरणको खरिदमा विशेष बोनस उपहारसहित क्यासब्याकसमेत प्रदान गरिनेछ। क्यासब्याक सँगसँगै ग्राहकहरूले क्युएलईडी वात्यो भन्दामाथिको सामसङ टिभी मोडलहरु खरिद गर्दा पहिलो आउनेले पहिलो सेवापाउने आधारमा डिलरहरूको पूर्ण विवेकबाट प्रदानगरिएको १२ महिनासम्मको निःशुल्क वर्ल्डलिंक इन्टरनेट र नेटटिभीको सब्स्क्रिप्सन पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यो लाभको फाइदा उठाउन वर्ल्डलिंक इन्टरनेट र नेट टिभी जडानको लागि नियमित स्थापना शुल्क भने ग्राहकहरूले आफैले तिर्नु पर्नेछ। आईएसपी प्रदायकको एकल विवेकमा प्रदान हुने यो प्रस्ताव प्राप्तगर्न अन्य स्त्यन्डर्ड नियम र शर्तहरु पनि लागू हुने कम्पनीले जनाएको छ।

यससँगै, खरिद गरिएका टि, ए, बि, सी र डी–सिरिजका सामसङ टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी रहने कम्पनीले जनाएको छ। यद्यपि, यो वारेन्टी टिभी रिमोटहरूमा भने हुनेछैन। यस्तै, सामसङ टिभीहरु खरिद गर्दा ग्राहकहरूले घरमा रिएलइमर्सिभ टिभी हेर्ने अनुभव ल्याउन साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यो अफर सामसङको रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक दायरामा पनि रहेको छ। ग्राहकहरुले कन्भरटेबल ५–इन–१ रेफ्रिजरेटरको कन्भरटेबल जीवनशैलीमाअपग्रेड गर्न सक्नेछन् कम्पनीले जनाएको छ। साथै, विशेष छुटसहित एआई इकोबबल वाशिङ मेसिनसँग स्वचालित रूपमा अप्टिमाइज्ड क्लिन, पावरफुल र जेन्टल वाशप्राप्तगर्न सक्नेछन्।

यसबाहेक, ८ केजीभन्दा बढी क्षमताभएको सामसङ फ्रन्ट लोड वाशिङ मेसिनखरिद गर्दा ग्राहकले ६ केजी सर्फ एक्सेल म्याटिक निःशुल्क प्राप्त गर्न सक्नेछन्। सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनको डीआइटि मोटरमाप्रदान गरेको २० वर्षको वारेन्टी र निःशुल्क स्थापना सेवा पनि दिएको छ।

यी चाडपर्वकाअफरहरु हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट पनि प्राप्त गर्न सकिन्छ। ग्राहकहरुले १८ महिनासम्मको विस्तारित अवधिकालागि शून्य प्रतिशत ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सक्नेछन्। इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट भने गर्नुपर्नेछ।

नागरिकतामात्र लिएर इन्स्टा फाइनान्स लिन सकिने कम्पनीले जनाएको छ। यस्तै, ग्राहकहरुले अर्कोस्टोरबाट निश्चित सामसङ उत्पादनहरु खरिद गर्न आफ्ना पुराना इलेक्ट्रोनिक्स अप्लाएन्सहरु वा टिभीहरु एक्सचेन्ज गरि नयाँ सामसङ टिभी वा होम अप्लाएन्सहरू किन्ने सुविधा पनि उपलब्ध गराइएको छ।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका