जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पुष १३ सम्म कायम शेयरधनीले लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पाउने

पुष १३ सम्म कायम शेयरधनीले लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पाउने

पुष १३ सम्म कायम शेयरधनीले लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पाउने भएका छन् । लुम्बिनी विकास बैंक लिमिटेडले १३ औं वार्षिक साधारणसभा यही पुष २६ गतेका लागि आयोजना गरेको छ । बैंकको केन्द्रिय कार्यालय, डिल्लीबजारमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना हुने भएको छ ।

कोरोनाभाइरस जोखिमका बीच हुनलागेको साधारणसभामा नेपाल सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने बैंकले जनाएको छ । बाँकी शेयरधनीहरुको उपस्थितिका लागि भर्चुअल माध्यमको व्यवस्था मिलाइएको जनाएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने रकम १९ करोड १ लाख ४१ हजार ८२१ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने रकम ८ करोड १४ लाख ८९ हजार ३५१ रुपैयाँ ८६ पैसा बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालक केशव खतिवडा नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

बैंकले पुस १४ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने १० प्रतिशत लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपश्चात प्राप्त गर्नेछन् ।

5220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका