जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्लासिक टेकले मनायो चौधौं वार्षिकोत्सव

क्लासिक टेकले मनायो चौधौं वार्षिकोत्सव

क्लासिक टेकले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १४ वर्ष भएको छ । सन्  २००९  मा  स्थापना  भई आफ्नो सेवा  सुरु गरेको यस  कम्पनीले  हाल देशभरिका  ७४  जिल्लमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्नो व्यवसायिक यात्रामा महत्वपूर्ण  योगदान पुर्‍याउने सबैलाई विशेष धन्यवाद दिंदै आगामी दिनमा पनि  यस्तै  प्रकारको  सहयोग, सद्भाव, मार्गनिर्देशनको अपेक्षा गरेको जनाएको छ ।

कम्पनीले ग्राहकको सुविधाका लागि आफनै  सीडीएन सर्भर  जडान गरी फेसबुक , युट्युब, नेटफ्लिक्स , गुगल , अकमाई जस्ता  सामाजिक सञ्जालहरु  मार्फत  गुणस्तरीय तथा  भरपर्दोसेवा  प्रदान  गर्ने  गरेको जनाएको छ  ।

कम्पनीका अनुसार विराटनगर  र  काठमाण्डौंमा डाटा ब्याकअप सेन्टर स्थापना गरेको  छ  ।  यसले  छोटो अवधिमा  अत्याधिक  लोकप्रिय  इन्टरनेट  सेवा  प्रदान  गर्न  सफल  भएको कम्पनीको भनाइ छ  ।

कम्पनीले  डुअल ब्याण्ड राउटर र आईपीटीभी  जस्ता  प्रविधिको  प्रयोगबाट  सेवामा  थप  गुणस्तरीयता  थपिएको जनाएको  छ  ।

वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई ५०, ७५, १००, २०० र ३०० एमबीपीएस इन्टरनेट  प्लानहरु  विशेष  छुटमा  उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका