जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • फाइनान्स कम्पनीहरुको नाफा २३ करोड माथीः पहिलो प्रोग्रेसिप, दोस्रो आईसीएफसी, तेस्रो गुहेश्वरी मर्चेन्ट, चौथो सेन्ट्रल फाइनान्स, पाँचौ गुडवील फाइनान्स !

फाइनान्स कम्पनीहरुको नाफा २३ करोड माथीः पहिलो प्रोग्रेसिप, दोस्रो आईसीएफसी, तेस्रो गुहेश्वरी मर्चेन्ट, चौथो सेन्ट्रल फाइनान्स, पाँचौ गुडवील फाइनान्स !

नेपालका फाइनान्स कम्पनीहरुको नाफा २३ करोड छ भने ५ वटा फाइनान्स कम्पनी घाटामा छन् भन्दा अब फरक पर्दैन । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो महिना साउनमा फाइनान्स कम्पनीहरूले कुल २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा १२ वटा फाइनान्स कम्पनीले नाफा कमाएका छन् भने ५ वटा कम्पनीले घाटा बेहोरेको देखिन्छ ।
प्रोग्रेशिभ फाइनान्सः ८ करोड ८१ लाख रुपैयाँ, आइसिएफसी फाइनान्सः २ करोड ८५ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सः २ करोड ५९ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सः १ करोड ७१ लाख रुपैयाँ, मन्जुश्री फाइनान्सः १ करोड ४५ लाख रुपैयाँ, गुडविल फाइनान्सः १ करोड ३० लाख रुपैयाँ रहेको देखिन्छ । घाटा बेहोर्ने फाइनान्स कम्पनीहरूमा समृद्धि फाइनान्सः ८ करोड ६९ लाख रुपैयाँ, पोखरा फाइनान्सः २६ लाख रुपैयाँ, वेस्ट फाइनान्सः १२ लाख रुपैयाँ, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सः ८ लाख रुपैयाँ, नेपाल सेयर मार्केट एण्ड फाइनान्सः ८ लाख रुपैयाँ रहेको देखिन्छ । सचेत भया ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका