जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • डिश होममा डिलर दाईको डिस्काउण्ट” योजना

डिश होममा डिलर दाईको डिस्काउण्ट” योजना

डिशहोमले “डिश होममा डिलर दाईको डिस्काउण्ट” नामक योजना अन्र्तगत २०७७ साल जेठ ९ देखि २०७७ साल जेष्ठ १५ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र सम्पन्न गरेको छ ।

मेगा लक्की ड्र जेष्ठ १५ गते शुक्रबार साँझ ५ बजे डिशहोमका सोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

मेगा लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02558206289, 71902564302 लाई बिजेता घोषणा गरिएको छ । बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिँदै प्रति व्यक्ति १ लाख नगद उपहार प्रदान गरिने भएको छ ।

आउने लक्की ड्र २०७७ साल जेष्ठ २३ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । २०७७ साल जेष्ठ १६ गते शुक्रबार देखि जेष्ठ २२ गते बिहिबारसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेष्ठ २३ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने जनाइएको छ।

11420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका