जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई क्यापिटलको सीइओ बने लुइँटेल

ग्लोबल आइएमई क्यापिटलको सीइओ बने लुइँटेल

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मन्दिप लुइँटेल नियुक्त भएका छन् ।

लुँईटेल ग्लोबल आइएमई बैङ्कको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी क्यापिटल सिइओ बनेका हुन् । क्यापिटल सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी उनलाई सिइओमा नियुक्ति गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

यसअघि उनी सानिमा क्यापिटलमा इन्भेस्टमेन्ट बैङ्किङ प्रमुखको कार्यरत थिए । साढे ६ वर्षदेखि उनी सानिमा क्यापिटलमा जिम्मेवारी पुरा गरेका लुँईटेल भारतको पुनेबाट एमबिए गरेका छन् । काठमाडौँ विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको योग्यता हासिल गरेका छन् ।

उनीसँग भारतको मुम्बईस्थित आइसीआइसी बैङ्कमा डेढ वर्ष काम गरेको अनुभव पनि छ । उनले सो बैङ्कमा क्यापिटल मार्केट तथा स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजरको जिम्मेवारीमा काम गरेका थिए ।

605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका