Sticky Breaking News
२० वाणिज्य बैंकको नाफा ९ अर्ब भन्दा बढिः पहिलो ग्लोबल आईएमई बैंक, दोस्रो नबिल बैंक, तेस्रो कृषि विकास बैंक, चौथो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, पाँचौं हिमालयन बैंक !

२० वाणिज्य बैंकहरुको साउन महिनाको नाफा ९ अर्ब भन्दा बढि छ भन्दा अब फरक पर्दैन । यसपटक नेपालकै सबैभन्दा बढि चुक्ता पुँजी भएको बैंक ग्लोबल आईएमई बैंकले सबैभन्दा बढि नाफा आर्जन गरेको भेटिएको छ भन्दा फरक पर्दैन ।
वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा नौ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले उक्त रकम नाफा आर्जन गरेका हुन् ।
सार्वजनिक तथ्यांक अनुसार ग्लोबल आइएमई बैंक साउन महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक बन्न सफल भएको छ । बैंकले साउन महिनामा ८९ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । दोस्रो नम्बरमा रहेको नबिल बैंक रहेको छ । नबिल बैंकले साउनमा ८० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंक नाफा बढी गर्ने बैंकको तेस्रो नम्बरमा छ । कृषि विकास बैंकले साउनमा कुल ७१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको भेटिएको छ ।
हिमालयनले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७० लाख, प्रभुले ५३ करोड ८० लाख, प्राइम कमर्सियलले ५० करोड ५० लाख, कुमारीले ५० करोड ३० लाख, लक्ष्मी सनराइजले ४३ करोड ३० लाख र एनएमबिले ४२ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको देखिन्छ ।
एभरेष्ट बैंकले ४२ करोेड २० लाख, सानिमाले ३८ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड सिद्धार्थले ३४ करोड ८० लाख, सिटिजन्सले ३४ करोड २० लाख, नेपाल एसबिआईले ३३ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १० लाख, एनआइसी एसियाले २६ करोड ६० लाख, नेपाल बैंकले २२ करोड ३० लाख र माछापुच्छ्रेले २० करोड २० लाख रुपैयाँ नाफा गरेको छ । भन्दा फरक पर्दैन । सचेत भया ।

सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































