जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स, सूर्य ज्योती र प्रभु महालक्ष्मी लाईफ इन्स्योरेनसले बढाए अभिकर्ताको कमिशनः ११ जीवन बीमा कम्पनीले घटाए अभिकर्ताको कमिशन !

सानिमा रिलायन्स, सूर्य ज्योती र प्रभु महालक्ष्मी लाईफ इन्स्योरेनसले बढाए अभिकर्ताको कमिशनः ११ जीवन बीमा कम्पनीले घटाए अभिकर्ताको कमिशन !

नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुमध्ये ३ वटा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी, सूर्य ज्योती लाईफ इन्स्योरेन्स कम्पनी, प्रभू महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आ–आफ्ना अभिकर्ताहरुको कमिशन बढाएका छन् भने ११ वटा कम्पनीहरुले अभिकर्ताहरुको कमिशन घटाएका छन् भन्दा फरक पर्दैन । चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुमा आवद्ध अभिकर्ताले पाउने कमिशन १.६१ प्रतिशत बढेर ३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बीमा कम्पनीबाट अभिकर्ताहरुले ३ अर्ब १२ करोड ८२ लाख रुपैयाँ कमशिन पाएका थिए । भन्दा फरक पर्दैन ।

गत असोजसम्म तीन वटा जीवन बीमा कम्पनीको अभिकर्ता कमिशन बढेको छ भने अन्य सबै कम्पनीको घटेको देखिन्छ । सानीमा रिलायन्स लाइफ, सुर्यज्योति लाइफ र प्रभु महालक्ष्मी लाइफको अभिकर्ता कमिशन बढेको हो ।
सानीमा रिलायन्सको १०९.९१ प्रतशत बढेर १५ करोड १२ लाख रुपैयाँ, सुर्यज्योतिको ८० प्रतिशत बढेर २१ करोड २७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको ७१.८५ प्रतिशत बढेर १३ करोड ५१ लाख रुपैयाँ अभिकर्तालाई कमिशन बाँडेको भेटिएको छ ।
११ वटा जीवन बीमा कम्पनीले अभिकर्तालाई दिने कमिशन घटाएका छन् । मेट लाइफको ०.३५ प्रतिशत घटेर १२ करोड २६ लाख रुपैयाँ, हिमालयन लाइफको ०.६१ प्रतिशत घटेर ३६ करोड १ लाख रुपैयाँ, नेपाल लाइफको १.५२ प्रतिशत घटेर ८१ करोड ८८ लाख रुपैयाँ, रिलायबल नेपालको २.३९ प्रतिशत घटेर ११ करोड ९२ लाख रुपैयाँ र आइएमई लाइफको ४.२८ प्रतिशत घटेर १० करोड ७१ लाख रुपैयाँ अभिकर्ता कमिशन खर्च गरेको देखिन्छ ।

यस्तै, एशियन लाइफको ५.२९ प्रतिशत घटेर १६ करोड ५६ लाख रुपैयाँ, नेशनल लाइफको ६.८७ प्रतिशत घटेर ३८ करोड ९६ लाख रुपैयाँ, सन नेपालको ९.०९ प्रतिशत घटेर ८ करोड ३ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको १४.१२ प्रतिशत घटेर ३० करोड ६२ लाख रुपैयाँ, सिटिजन लाइफको २१.७७ प्रतिशत घटेर १५ करोड ८७ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको २४.२९ प्रतिशत घटेर ५ करोड ५ लाख रुपैयाँ अभिकर्ता कमिशन खर्च गरेका छन् । भन्दा फक र पर्दैन ।

1185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका