जोडिनुहोस
बुधबार, मंसिर १३, २०८०
बुधबार, मंसिर १३, २०८०
  • होमपेज
  • बागलुङ्गको गलकोटमा कामना सेवाकोे ९८ औं शाखा

बागलुङ्गको गलकोटमा कामना सेवाकोे ९८ औं शाखा

कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप बागलुङ्गमा रहेको गलकोट , नगरपालिका वडा नं. ०३ स्थित गलकोटमा ९८औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । माननीय प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार शुभारम्भ गर्नुभएको थियो ।

कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे, बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९८ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?