जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक, कसरी बढ्छ कारबाही ?

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक, कसरी बढ्छ कारबाही ?

सरकारले सहकारी संस्थाहरुको रकम हिनामिनाबारे गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमार्पत् सार्वजनिक गरेको हो ।

नेकपा(एमाले) सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानून विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उक्त कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछानेलगायतलाई  कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिवेदनको एउटा अंशमा सहकारी सञ्चालकहरूले कम्पनीकै शैलीमा सहकारी संस्थाहरूको विस्तार गर्नुका साथै अरूको नाममा कर्जा खडा गरी आफैले दुरूपयोग समेत गर्ने गरेको पाइएको उल्लेख छ ।

उक्त प्रतिवेदनमा सहकारीका बेथितीहरूमाथि विस्तृत रुपमा कडा विश्लेषण गरिएको छ।

2115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका