जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बीमा कम्पनीहरूले संकलन गरे तीन महिनामा सवा १३ अर्ब प्रिमियम

बीमा कम्पनीहरूले संकलन गरे तीन महिनामा सवा १३ अर्ब प्रिमियम

बीमा कम्पनीहरूले चैत, वैशाख र जेठ गरी ३ महिनामा १३ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जीवन तथा कोभिड–१९ का कारण चैत ११ देखि लकडाउन भएपनि निर्जीवन कम्पनीले सो अवधिमा उक्त प्रिमियम आर्जन गरेका हुन् । तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरूले ८ अर्ब ६१ करोड र निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ६८ करोड गरी कुल १३ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क वापत सो रकम उठाएका हुन् ।

१९ जीवन बीमा कम्पनीहरुले चैतमा २ अर्ब ५२ करोड, वैशाखमा १ अर्ब ३५ करोड जेठमा ४ अर्ब ४७ करोड गरी यस अवधीमा ८ अर्ब ६१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हुन् ।

जीवन बीमा कम्पनीमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले संकलन गरेको छ भने सबैभन्दा कम नयाँ तीन वटा कम्पनीहरूले कमाएका छन् ।

निर्जीवन बीमा कम्पनीहरूमध्य सबैभन्दा बढी शिखर इस्योरेन्स कम्पनीले बीमा शुल्क आर्जन गरेको छ भने सबैभन्दा कम सानिमा इस्योरेन्स कम्पनीले आर्जन गरेको छ ।

नेपाल लाइफ इस्योरेन्स कम्पनीले करिब २ अर्ब ८७ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले चैतमा ६५ करोड,वैशाखमा ५० करोड र जेठमा १७२ गरी कुल २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो

लाइफ इस्योरेन्स कम्पनीले एक अर्ब ४ करोड रुपैयाँ बराबरको बीमाश ुल्क आर्जन गरेको छ । एलआईसील वैशाखमा कुनैपनि बीमाशुल्क आर्जन नगरेको छैन भने चैतमा ७० करोड र जेठमा ३४ करोड गरी १ अर्ब ४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले ७६ करोड रुपैयाँ बराबरको बीमाशुल्क गरेको छ । कम्पनीले चैतमा २२ करोड, वैशाखमा १० करोड र जेठमा ३४ करोड बीमाशुल्क उठाएको हो । यस्तै, युनियन लाइफले ५३ करोड, एशियन लाइफ यस अवधीमा ५० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

चैतदेखि जेठसम्मको यो अवधिमा १४ वटा जीवन बीमा कम्पनीले भने ५० करोडभन्दा कम बीमा शुल्क आर्जन गरेका छन् । यो अवधिमा मेटलाइफले ४६ करोड, प्राइम लाइफ इन्स्योरेन्सले ३४ करोड, ज्योति लाइफले ३१ करोड बीमा शुल्क आर्जन गरेका छन् । सूर्य लाइफले २९ करोड, राष्ट्रिय बीमा संस्थानले २८ करोड, रिलाइन्स लाइफ इन्स्योरेन्सले २२ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

सिटिजन लाइफले १८, गुराँस लाइफले १६, आईएमई लाइफले १५ र सानिमा लाइफले ११ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
यस अवधिमा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सन नेपाल लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ रहेका छन् । तीनवटै कम्पनीले ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

समीक्षा अवधिमा २० निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छन् । चैतमा १ अर्ब ६० करोड, वैशाखमा १ अर्ब र जेठमा २ अर्ब ८ करोड रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

सो अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेको छ। शिखरले चैतमा २८ करोड, वैशाखमा ६ करोड र जेठमा २१ करोड गरी ५५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

हिमालयन जनरलले ३८ करोड, सगरमाथाले ३६ करोड, नेको ३५ करोड बीमा शुल्क आर्जन गरेका छन् । सिद्धार्थ इन्स्योरेन्सको ३५ करोड, प्रभु इस्योरेन्सले ३० करोड, एनएलजीले २९ करोड राष्ट्रिय बीमा कम्पनीले २८, आईएमई जनरलले २५ करोड बीमा शुल्क आर्जन गरेका छन् ।
सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स छ । सानिमाले चैतमा १ करोड, बैशाखमा १ करोड र जेठमा २ करोड गरी कुल ४ करोड रुपैयाँ बीमाशुल्क कमाएको छ ।

बीमा समितिले लकडाउन अवधिमा बीमाशुल्क संकलनमा छुट समेत दिएको छ । यस अवधिमा बीमालेख नवीकरण शुल्क नबुझाए पनि जरिवना लाग्ने छैन । बीमा समितिको निर्देशन अनुसार लकडाउन पुर्ण रुपले खुलेको १५ दिनसम्मको नवीकरण शुल्क नबुझाए पनि जरिवना लाग्ने छैन ।

10135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका