जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • तेस्रो त्रैमाससम्म प्रभु बैंकले कमायो २ अर्बभन्दा बढी नाफा

तेस्रो त्रैमाससम्म प्रभु बैंकले कमायो २ अर्बभन्दा बढी नाफा

प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सोमवार सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यय वर्ष खुद नाफा ४४ प्रतिशत बढी भएको हो ।

गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा १ अर्ब ४६ करोड ४१ लाख ६१ हजार रुपैयाँ थियो । यस वर्ष सञ्चालन नाफा ४६ दशमलव ८५ प्रतिशत बढी भएकाले बैंकको खुद नाफामा बृद्धि भएको हो । गत वर्ष २ अर्ब ८ करोड १३ लाख ९६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ३ अर्ब ५ करोड ६४ लाख ८८ हजार रुपैयाँ यो नाफा गरेको छ । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा १ अर्ब ५९ करोड ३९ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ पु¥याएको बैंकको जगेडा कोष रकम ५ अर्ब ९९ करोड ८१ लाख ३१ हजार रुपैयाँ रहेको छ । बैंकले गत वर्षभन्दा २७ दशमलव २२ प्रतिशत बढी १ खर्ब ६३ अर्ब ७८ करोड १० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३५ दशमलव १२ प्रतिशत बढी १ खर्ब ३४ अर्ब ३० करोड ३७ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष बैंकको निष्क्रिय कर्जा घटेको छ । गत वर्ष २ दशमलव ९५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ४८ प्रतिशतमा झरेको हो । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव ७९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२ दशमलव ८६ रुपैयाँ रहेको छ ।

8365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?