जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राष्ट्रियस्तरका विकास बैंकको व्यवसाय खुम्चियो, निक्षेपमा पनि गिरावट, कसको अवस्था कस्तो?

राष्ट्रियस्तरका विकास बैंकको व्यवसाय खुम्चियो, निक्षेपमा पनि गिरावट, कसको अवस्था कस्तो?

राष्ट्रियस्तरका विकास बैंकको व्यवसाय खुम्चिन पुगेको छ। कर्जाको घट्दो ब्याजदरकाबीच चालु आर्थिक वर्ष साउन महिनामा विकास बैंकहरुको व्यवसाय खुम्चिएको हो। साउनमा विकास बैंकको कर्जा २ अर्ब ५५ करोडले खुम्चिएको छ।

गत असारमा ४ खर्ब ६४ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुको ऋण लगानी साउनमा ४ खर्ब ६२ अर्ब २८ करोडमा झरेको छ। राष्ट्रियस्तरका ८ मध्ये ४ बैंक भने कर्जा केही बढाउन सफल भएका छन्।

सांग्रिला, कामना सेवा, गरिमा र मुक्तिनाथ विकास बैंक कर्जा बढाउन सफल हुँदा महालक्ष्मी, लुम्बिनी, साइन रेसुङ्गा र ज्योति विकास बैंकको खुम्चिएको छ।

राष्ट्रियस्तरका विकास बैंकहरुको कर्जा प्रवाहको स्थिति

विकास बैंककर्जा प्रवाह
२०८१ साउन (रु. दश लाखमा)
कर्जा प्रवाह
२०८१ असार (रु. दश लाखमा)
फरक
(प्रतिशत)
महालक्ष्मी४४,१८५.६०४५,३६७.२९-२.६
सांग्रिला४६,१११.७७४५,६७५.०१०.९६
मुक्तिनाथ९४,८१६.६४९४,६८०.३००.१४
गरिमा७१,६७८.७७७१,१६९.६००.७२
कामना५०,७११.५१५०,१५९.८११.१
ज्योति५२,४५७.६१५३,७५१.१३-२.४१
साइन रेसुङ्गा५४,३९०.४०५४,४२२.९६-०.०६
लुम्बिनी४७,९३०.९४४९,६०८.६५-३.३८
जम्मा४६,२२८३.२४४६४,८३४.७५-०.५५

लुम्बिनी विकास बैंकको कर्जा १ अर्ब ६७ करोडले खुम्चिएको छ। साइन रेसुङ्गाको सबैभन्दा कम ३ करोडले खुम्चिएको छ। कामना सेवा विकास बैंकको कर्जा भने ५६ करोडले बढेको छ।  

पर्याप्त तरलता रहेपनि कर्जा बढ्न नसकेपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्। ब्याजदर घटेपछि राष्ट्रियस्तरका विकास बैंकको निक्षेप संकलन समेत खुम्चिन पुगेको छ।

राष्ट्रियस्तरका विकास बैंकको निक्षेप साउनमा १० अर्ब ४ करोडले खुम्चिएको हो। ८ मध्ये ७ बैंकको निक्षेप खुम्चिएको छ। महालक्ष्मी विकास बैंकको निक्षेप संकलन सबैभन्दा धेरै २ अर्ब २९ करोड रुपैयाँ घटेको छ। कामना सेवा विकास बैंकको निक्षेप भने २ लाख रुपैयाँ बढेको छ।

राष्ट्रियस्तरका विकास बैंकहरुले संकलन गरेको निक्षेपको स्थिति

विकास बैंकनिक्षेप संकलन
२०८१ साउन (रु. दश लाखमा)
निक्षेप संकलन
२०८१ असार (रु. दश लाखमा)
फरक
(प्रतिशत)
महालक्ष्मी५३,८३२.८३५६,१२४.४३-४.०८
सांग्रिला५५,२१९.३९५५,५८९.१७-०.६७
मुक्तिनाथ१०९,०७७.५६११०,५२८.५०-१.३१
गरिमा८३,८०१.३४८६,०३६.०५-२.६
कामना५९,६९५.१७५९,६९३.४०
ज्योति६५,१८०.३६६७,५५६.८२-३.५२
साइन रेसुङ्गा६५,७६३.९६६६,३२५.२५-०.८५
लुम्बिनी५९,११०.२७६०,२३३.७९-१.८७
जम्मा५५१,६८०.८८५६२,०८७.४१-१.८५

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका