जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल बैंकको कल्याणपुर शाखामा चोरी

नेपाल बैंकको कल्याणपुर शाखामा चोरी

सप्तरी खडक नगरपालिका– ७ मा रहेको नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखामा चोरी भएको छ । शुक्रबार राति करिब १२ः२० बजे बैंकबाट कम्प्युटर स्क्यानर दुई थान, ल्यापटप दुई थान, खुकुरी दुई थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड, एक नाले १२ बोरको हतियार, सिमकार्ड एक थान, घडी दुई थान, मोबाइल पाँच थान, मिनि स्पीकर एक थान र डिजिटल तराजु एक थान चोरी भएको हो ।

बैंकका सुरक्षा गार्ड शम्भुनाथ नगरपालिका ७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका ५ का ४४ वर्षीय पर्शुराम चौधरी सोही बैंकको गार्ड सुत्ने कोठामा सुति रहेको बेला चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटना पश्चात इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको र सिरहा प्रहरीको सहयोगमा एक जनालाई नियन्त्रणमा लिइएको छ ।

सप्तरीको खडक नगरपालिका–६ बिरपुर घर भएका २० वर्षीय अपसाद अन्सारीलाई सिरहा प्रहरीको सहयोगमा नियन्त्रमा लिइएको हो ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका