जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अन्त:शुल्कमा दर्ता भएका कम्पनीलाई नवीकरणमा छुट

अन्त:शुल्कमा दर्ता भएका कम्पनीलाई नवीकरणमा छुट

अन्त:शुल्कमा दर्ता भएका कम्पनीहरुलाई समयमै नवीकरण गराउन आन्तरिक राजस्व विभागले आग्रह गरेको छ। विभागले आर्थिक ऐनले दिएको सुविधा उपयोग गरी नविकरण गर्न आग्रह गरेको हो।

आर्थिक ऐन जेठ १६ गतेबाटै सुरु भइसकेको छ। ऐन अनुसार साउन मसान्तभित्रमा नवीकरण गराएमा जरिवाना छुट हुनेछ। आयकर २०५८ अनुसार अन्त:शुल्कमा दर्ता भएका कम्पनीहरुले प्रत्येक वर्षको नवीकरण दस्तुर बुझाएर गर्न चाहेमा बिलम्ब शुल्क लाग्ने छैन।

विभागका अनुसार समयमै दर्ता नवीकरण नगराएमा अन्त:शुल्कमा दर्ता भएका कम्पनी स्वतः खारेज हुनेछ। यसरी अन्त:शुल्कमा दर्ता भएर नियमित कर विवरण र नवीकरण नगर्ने १ सय ९८ वटा कम्पनीहरु छन्। यी कम्पनीले साउन मसान्तसम्म नवीकरण नगराए स्वत: खारेज हुनेछन्।

आर्थिक अध्यादेशको दफा २६ ले समयमै नविकरण नगर्ने कम्पनीको जरिवाना मिनाहा गर्ने उल्लेख गरिएको छ।

6125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका