जोडिनुहोस
शनिबार, अशोज ५, २०८१
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १०% छूट 

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १०% छूट 

ग्लोबल आइएमई बैंकले डेबिट तथा क्रेडिट कार्डबाहकहरुले बिग मार्टमा छूट पाउने भएका छन् ।

अब कम्पनीका ग्राहकहरुले प्रत्येक शनिबार  बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छूट प्रदान पाउने छन् ।

डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लाभान्वित गर्ने गरी कम्पनीले बिगमार्टसँग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १०प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छूट योजना ल्याएको बताएको छ । उक्त छूट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ । 

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी कम्पनीले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको बताएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

कम्पनीले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । 

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका