जोडिनुहोस
आइतवार, अशोज ६, २०८१
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • निफ्राले पहिलो महिनामा कमायो पौने १४ करोड खुद नाफा

निफ्राले पहिलो महिनामा कमायो पौने १४ करोड खुद नाफा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा पौने १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले चालू आवको साउन महिनामा १३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । एक महिनामा कम्पनीको कुल आम्दानी २५ करोड १६ लाख रुपैयाँ छ । कम्पनीले उक्त अवधिमा ब्याज आम्दानी २२ करोड १२ लाख रुपैयाँ गरेको छ भने ब्याजमा भने १ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ । 

यसैगरी, उक्त कम्पनीले कर्मचारी शिर्षकमा ३९ लाख रुपैयाँ खर्च गरेको छ भने कार्यालय सञ्चालनमा ४४ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ३० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड रुपैयाँ र अन्य जगेडा कोषमा ८० करोड रुपैयाँ छ ।कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँ छ ।

केहि वर्षअघि मात्र पूर्वाधार क्षेत्रमा लगानी गर्न भन्दै नेपालका अन्य बैंकहरुको भन्दा ठूलो पूँजीको उक्त कम्पनी स्थापना भएको केहि समय मात्र भएको छ । 

पूर्वाधार विकासलाई गति दिने मुख्य उद्देश्यले स्थापना भएको उक्त कम्पनीले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र पाएर २०७५ फागुन २२ बाट वित्तीय कारोबार शुरु गरेको थियो ।

सानो निक्षेप नलिने उक्त कम्पनीले हालसम्म धेरै कर्जा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको छ ।कम्पनीका अनुसार जलविद्युत् पछि सौर्य ऊर्जा, सिमेन्ट र होटल उद्योगमा लगानीको माग छ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका