जोडिनुहोस
सोमवार, अशोज ७, २०८१
सोमवार, अशोज ७, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले गर्‍यो लाभांश घोषणा

सिटिजन्स बैंकले गर्‍यो लाभांश घोषणा

सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश लिने घोषणा गरेको हो।

बैंक संचालक समितिको सोमबार बसेको बैठकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकको चुक्ता पुँजी हाल १४ अर्ब २० करोड रुपैयाँ छ।

बैंकले ५६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ २ करोड ९८ लाख ९६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।

संचालक समितिको निर्णय राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै बैंकको साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन्।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका