जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • केएमसीले शुरु गर्यो नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया

केएमसीले शुरु गर्यो नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया

काठमाडौं मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया शुरु गरेको छ । बिहिबार केएमसीले पत्रकार सम्मेलन गरेर अत्याधुनिक रोबोर्ट मेसिनबाट रोबोर्टिक सर्जरीको उपचार शुरु गरेको जनाएको हो ।

अस्पतालका अनुसार हालसम्म नेपालको कुनै पनि पनि अस्पतालमा रोबोर्टिक सर्जरी शुरु नभएको र यो सर्जरी पहिलो पटक केएमसीले शुरु गर्न लागेको केएमसीले जनाएको छ । अत्याधुनिक र भरपर्दो उपचारका लागि न्यूरोसम्बन्धी शल्यक्रियामा रोबोर्टको प्रयोग गर्न थालिएको हो।

न्युरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्यधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको काठमाडौँ मेडिकल कलेजका अध्यक्ष सुनिल शर्माले बताएका हुन् ।

उपकरणहरूसहित एड्भान्स, न्यूरोसाइन्स सेन्टरका निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाको अगुवाईमा न्यूरो सर्जरी प्रक्रिया शुरु भएको अस्पतालले जनाएको छ ।

उक्त रोबर्टिक सर्जरीमा चिकित्सकले बनाएको अप्रेसन योजनामा रोबोर्टले सहयोग गर्ने जनाइएको छ । सूक्ष्म एवं जटिल शल्यक्रियामा रोबोर्टको सहायता लिँदा शल्यक्रियामा सहज हुने केएमसीले जनाएको छ ।

4500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका