जोडिनुहोस
मङ्लबार, कार्तिक २७, २०८१
मङ्लबार, कार्तिक २७, २०८१
  • होमपेज
  • आइएमईको एक करोड जापानबाट रेमिटेन्स पठाएकी रोकायाले जितिन्, नयाँ योजना सार्वजनिक

आइएमईको एक करोड जापानबाट रेमिटेन्स पठाएकी रोकायाले जितिन्, नयाँ योजना सार्वजनिक

आइएमईको वर्षैभरि उत्सव बहार : आइएमई गरौं, उद्यमी बनौं योजना अन्तर्गत प्रमिला रोकायाले एक करोड रुपैयाँ जितेकी छन्। जापानको क्योदाइबाट आइएमईमार्फत रकम पठाएकी रोकाया लक्की ड्रमार्फत विजेता चुनिएकी हुन्।आइएमईकी ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सोमबार काठमाडौंमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट
गरेकी हुन्। आइएमईका अध्यक्ष हेमराज ढकालले विजेता छनोट भएकामा रोकायलाई बधाइ ज्ञापन गरे।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यममार्फत पठाउनका लागि प्रोत्साहित गर्न गत वर्षको दसैं अगाडि योजना सुरु गरेको थियो। यो योजना अन्तर्गत आइएमईबाट रेमिटेन्स पठाउनेमध्ये प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।  

आइएमईले सोमबार नै रेमिटेन्स रकम उद्यमशिलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौं, उद्यमी बनौं’ योजना  सार्वजनिक गरेको छ। 

यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये ३ जनाले उद्यम गर्न सहयोग पुग्ने दोस्त पिक अप ट्रक जित्ने छन्।

पहिलो तीन महिना असोज ७ देखि मंसिर मसान्तसम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक एक जनाले आकर्षक उपहार जित्नेछन्।

हरेक तीन महिनामा बम्पर उपहार समेत जित्न सक्ने कम्पनीले जनाएको छ। योजना अन्तर्गत आइएमईको अफर सामाजिक सञ्जालमा प्रवर्धन गर्ने सेवाग्राहीमध्ये एक जनाले दैनिक अल्टिमाको इअर वड प्राप्त गर्ने छन्।

हरेक हप्ता एक जनाले डीएचआई होम अप्लाइन्सेसका टिभी, रेफ्रिजेरेटर वा वासिङ  मेसिन प्राप्त गर्नेछन्। प्रत्येक महिना एकजनाले आइफोन सिक्सटिन पाउने कम्पनीले जनाएको छ।

345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका