जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रियलमीले मुरारका ग्रुपसँग मिलेर नेपालमा ल्यायो नार्जो सिरिज

रियलमीले मुरारका ग्रुपसँग मिलेर नेपालमा ल्यायो नार्जो सिरिज

विश्वका चर्चित स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ ।

रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज नार्जो ५०आई र नार्जो ५०ए ल्याएको हो ।
युवाहरुले आफ्नो बजेटमा उत्कृष्ट फिचरसहित यी फोन उपलब्ध भएको कम्पनीको भनाइ छ ।

नेपालमा सार्वजनिक गर्ने अवसरमा बोल्दै मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा खुसी लागेको बताए ।

‘हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो,’ उनले भने, ‘हामीले सार्वजनिक गरेका यी फोन सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् ।’

यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ ।
यी फोन मंसिर १५ देखि दराज र मंसिर १९ बाट सम्पूर्ण आधिकारिक बिक्रेतामा उपलब्ध हुनेछन् ।

7155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका