जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ३०% सम्म छूट

नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ३०% सम्म छूट

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरणमा ३० प्रतिशतसम्म छूट दिने भएको छ।

कम्पनीले बुधबार प्रकाशित गरेको सूचनामा आगामी कात्तिक २३ गतेसम्म नवीकरण गर्दा व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छूट दिने निर्णय गरिएको बताएको छ।

कम्पनीका अनुसार तीन वर्षसम्म व्यतित भएका बीमालेखको नवीकरणमा ३० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छूट दिइनेछ।

उक्त योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण मितिदेखि एक वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छूट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने पनि सूचनामा उल्लेख छ ।

साथै कम्पनीले एकपटक विलम्ब शुल्कमा छूट पाइसकेको बीमितले पूरा बीमा अवधिभरि पुनः छूट नपाउने पनि बताएको छ ।

2675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका