जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • जोखिम छ भनेर तोकिएको वातावरणीय लगानीबाट भाग्न पाइदैनः गभर्नर अधिकारी

जोखिम छ भनेर तोकिएको वातावरणीय लगानीबाट भाग्न पाइदैनः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई सरकारले तोकेको र वातावरणीय लगानीको लागि जोखिमपूर्ण छ भनेर नजाने छुट नभएको बताएका छन् ।

नेपाल बैंकर्स एशोसिएशन र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपालको संयुक्त आयोजनामा आयोजित दुई दिने सेमिनारको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले वातावरणीय लगानीका लागि जोखिमपूर्ण रहेको भनेर नजाने प्रवृत्ति गलत भएको बताए । कुनै एउटा जोखिमका कारण नेपालको वित्तीय सिष्टम र देशको अर्थतन्त्र नै तलमाथि हुनसक्ने बताउँदै वातारणीय जोखिम न्यूनिकरणको पक्षमा लगानी गर्नुपर्ने बताए । जोखिम भएको क्षेत्रमा लगानी गर्न नजाने कुरा सजिलो भएपनि त्यसमा नगई सुखै नभएको बताए ।

दुई दिने छलफल कार्यक्रमको पहिलो सत्रमा आज युलाण्डा चुङले ट्याक्सोनोमी र वातावरणीय लगानीबारे कार्यपत्र प्रस्तुत गरेकी थिईन । त्यसैगरी, नेपाल राष्ट्र बैंकका नियमन विभागका प्रमुख निर्देशक गुरु प्रसाद पौडेल, जेसुन हान, इनर्जी एसिया, एन्टोनी फ्लुक सिडिसीका म्यानेजर, दिपक कुमार दे नेपाल एसबिआई बैंकका सिईओ सम्मिलित प्यानल डिसकसन सञ्चालन गरिएको थियो । दोस्रो सत्रको प्यानल डिस्कसनको मोडरेटर बुद्धिका समरासिंघेले गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र तथा नेपालमा सञ्चालित अधिकांश बैंक तथा विकास बैंकका सिईओ तथा उच्च पदस्थ कर्मचारीहरु सहभागी थिए ।

1650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका