जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • सानिमा बैंकका ग्राहकलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुटको व्यवस्था

सानिमा बैंकका ग्राहकलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुटको व्यवस्था

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न भक्तपुरको गट्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन्। सानिमा बैंकका ग्राहकले औषधि र अपरेसनसम्बन्धी शुल्कहरुमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, ईसीजी, यूयसजी, इको, आँखा र बेड शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा छन्।

3170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका