जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्तबीच ऋण सहयोगसम्बन्धी सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्तबीच ऋण सहयोगसम्बन्धी सम्झौता

एशियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र छिमेक लघुवित्त वित्तीय संस्था बीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइस र निजी क्षेत्र सञ्चालन विभागका महानिर्देशक सुजैन गाबोरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदार, छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारी लगायतको सहभागिता थियो ।

सम्झौताअनुसार एडीबीले स्ट्याण्डर्ड चार्टर्ड बैंकमार्फत छिमेक लघुवित्तलाई ऋण सहयोग गर्नेछ । उक्त रकमबाट छिमेक लघुवित्तले ग्रामीण क्षेत्रका सीमान्तकृत समुदायका व्यक्तिलाई आयआर्जनका लागि ऋण प्रदान गर्ने बताइएको छ । यसरी प्रदान गरिएको ऋणले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउन मद्दत पुग्ने अपेक्षा छ ।कार्यक्रममा एडीबी कन्ट्री डाइरेक्टर काउचोइसले एडीबीको लघुवित्त कार्यक्रमअन्तर्गत दिइने ऋणले नेपालमा वित्तीय समावेशिता कायम राखी र लैंगिक भेदभाव हटाइ सीमान्तकृत र पिछडिएका महिलाहरूको आर्थिक स्थित उकास्न सहयोग गर्ने विश्वास लिएको बताए । उनले एडीबीको लघुवित्त कार्यक्रमअन्तर्गत नेपालमा छिमेक लघुवित्त पहिलो साझेदार बनेको बताए ।

यसैगरी, छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारीले यो ऋण नेपालका ग्रामीण भेगमा रहेका सीमान्तकृत समुदायको आर्थिक स्तर उकास्न उपयोग गरिने बताए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ दस्तीदारले नेपालका सिमान्तकृत समुदायको आर्थिक उन्नतिका लागि बैंकले काम गर्दै आएको र भविष्यमा यस्ता कार्यक्रमलाई थप बढाउँदै लाने जनाए ।

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?