जोडिनुहोस
आइतवार, अशोज २०, २०८१
आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?

बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?

नेपाल बीमा प्राधिकरणले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार बाढीपहिरो र डुबानका कारण निर्जीवन बीमा कम्पनीहरुमा करिब ८ अर्ब रुपैयाँ बराबरको दाबी पर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। 

नेपालमा संचालित १४ वटा निर्जीवन र चारवटा लघु निर्जीवन बीमाले गरेको प्रारम्भिक निरीक्षण तथा कम्पनीमा परेको दाबीको आधारमा प्राधिकरणले ७ अर्ब २१ करोडको दाबी पर्न सक्ने आंकलन गरेको हो। 

प्राधिकरणको असोज १६ गतेसम्मको तथ्यांकअनुसार ७ अर्ब २८ करोड रुपयाँ बराबरको कुल २ हजार ३३७ वटा दाबी पर्न सक्ने आंकलन गरिएको छ भने २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ७०९ वटा दाबी परेको छ। 

प्राधिकरणकाअनुसार सबैभन्दा बढी दाबी पर्न सक्ने कम्पनीमा सिद्दार्थ प्रिमियर इन्स्योरेन्स पहिलो स्थानमा छ भने ओरियन्टल र हिमालयन एभरेष्ट दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै क बर्षअघि मात्रै संचालनमा आएका लघू बीमा कम्पनीमा दाबी पर्दा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा दाबी नै परेको छैन। 

सिद्दार्थ प्रिमियरमा १ अर्ब ८१ करोड रुपैयाँ बराबरको ३१९ दाबी पर्न सक्ने आंकलन गरिएको छ भने ओरियन्टलमा १ अर्ब ४४ करोडको १४७ वटा दाबी परेको। त्यस्तै, हिमालयन एभरेष्टमा १ अर्ब १७ करोड बराबरको २१६ वटा दाबी पर्न सक्ने आंकलन गरिएको छ। 

अहिलेको आंकलन अन्तिम नभएकोले बीमा कम्पनीहरुले ब्योहोर्नुपरने दायित्व थप बढ्न सक्ने आंकलन गरिएको छ। क्षतिका कारण बीमा कम्पनीहरूमा परेको दाबीको विस्तृत विवरण छिटो भन्दा छिटो संकलन गरी सहज भुक्तानी गर्न प्राधिकरण कम्पनीहरूलाई निर्देशन दिएको छ । त्यस्तै, कम्पनीहरूलाई साप्ताहिक रुपमा प्राधिकरणमा तथ्यांक पेश गर्न प्राधिकरणले निर्देशन दिएको छ । 

गत साता दुई दिन निरन्तर परेको अविरल वर्षाका कारण नेपालका बिभिन्न स्थानमा ठुलोमात्रामा धनजनको क्षति भएको छ। नेपाल प्रहरीकाअनुसार असोज १७ गतेसम्म बाढीपहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या २३६ पुगेको छ भने १७ जना अझै वेपत्ता रहेका छन्। १७ हजार बढीको उद्दार भएको छ भने १७३ जना घाइते छन।

यता भौतिक क्षति यति नै भन्ने यकिन तथ्यांक नआएपनि भौतिक पूर्वाधार, यातायात, सडक, शिक्षा, स्वास्थ्य मन्त्रालय निजि क्षेत्रका बिभिन्न निकायको विवरण र दाबी हेर्दा क्षति ठुलो हुने आंकलन गरिएको छ। देशभरका सडक तथा पुल निर्माणमा मात्रै २५ अर्ब लाग्ने भौतिक पूर्वाधारको अनुमान छ भने सबै हाइड्रोमा पुगेको क्षति ५ अर्ब बढी रहेको उर्जा व्यवसायीको संघ ‘स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?