जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • १० रुपैयाँ दरको ३४ करोड वटा नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

१० रुपैयाँ दरको ३४ करोड वटा नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ । राष्ट्र बैंकले चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिंङ एण्ड मिन्टिङ कर्पोरेशन चाइनालाई १० रुपैयाँको नोट छाप्नको लागि लेटर अफ इन्टेन्ट (लोओआई) प्रदान गरेको हो ।

यस संगै अब सो चिनियाँ कम्पनीले १० रुपैयाँ दरको ३४० मिलियन वटा अर्थात् ३४ करोड वटा नोट छाप्ने छ। चिनियाँ कम्पनीले ति नोट ७१ लाख १७ हजार ९ सय ३४ डलर अर्थात् करिब ९५ करोड ४९ लाख २५ हजार नेपाली रुपैयाँमा छाप्ने छ।

राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको थियो । राष्ट्र बैंकले २०२४ सेप्टेम्बर १ तारिखसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको थियो। यस टेण्डरमा यस अघि राष्ट्र बैंकले योग्य रहेको भनि सूची प्रकाशन १० वटा कम्पनीले मात्र सहभागिता जनाउन सक्ने व्यवस्था थियो । जस मध्येबाट चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिंङ एण्ड मिन्टिङ कर्पोरेशन चाइनाले नोट छाप्ने ठेक्का पाएको हो।

110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका