जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकले अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चालनमा ल्यायो थप एटीएम सेवा

एनएमबि बैंकले अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चालनमा ल्यायो थप एटीएम सेवा

एनएमबि बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले थप एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

यसैगरी, कम्पनीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तराष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

त्यसैगरी, कम्पनीले रामबजार, पकाडि, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले हाल देशभर २०१ शाखा, १६६ वटा एटीएमहरू, १२ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

3555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका