जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले ल्यायो किसान सरल कर्जा योजना

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो किसान सरल कर्जा योजना

राष्ट्रिय वाणिज्य बैंकले किसान सरल कर्जा योजना ल्याएको छ। बैंकले कृषि क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यसहित अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी नयाँ योजना ल्याएको हो। १० लाखभित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड लिन सकिने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कृषि व्यवसायमा आवद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कृषि व्यवसायमा संलग्न फर्मले कर्जाका लागि आवेदन दिन सक्नेछन्। बैंकले आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गर्नेछ।

कर्जा ग्रेस अवधिसहित अधिकतम् १० वर्षका लागि प्रदान गरिने बैंकले जनाएको छ। कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुनेछ।

खुद व्यापारिक सम्पत्तिको अधिकतम् ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ। ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोका रुपमा रहने छ। आवश्यकता अनुसार घर/जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने बैंकले जनाएको छ। बैंकले देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयबाट किसान सरल कर्जा प्रदान गर्नेछ।

2550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्