जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सनराइज बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा विशेष छुट पाउने

सनराइज बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा विशेष छुट पाउने

सनराइज बैंकका ग्राहकले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई उपचारमा छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ्ग अफिसर सुरेश कुमार मनोहरनले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको क्रेडिट, डेबिट कार्ड वा मोवाइल बौकिङ्ग मार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन् ।

बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको अ‍ोपिडि सेवाहरु र बेड शुल्कमा १३ प्रतिशत, ओपिडि फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउने छन् ।

उक्त सम्झौता पश्चात, फ्रन्टलाइन हस्पिटलका डाक्टरले बैंकका कर्मचारीहरुलाई मधुमेह सम्बन्धी सचेतना र कर्मचारीको सामान्य परीक्षण गरेका थिए ।

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?