जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मेगा बैंकको मोबाइल बैंकिङ एपमा एनसीएचएलको नेपाल पे क्यूआर ‘इन्टिग्रेट’ भयो, भुक्तानी झनै सहज

मेगा बैंकको मोबाइल बैंकिङ एपमा एनसीएचएलको नेपाल पे क्यूआर ‘इन्टिग्रेट’ भयो, भुक्तानी झनै सहज

मेगा बैंकले नेपाल पे क्यूआर आफ्नो बैंकिङ एप मेगा स्मार्टमा सफल रुपमा इन्टिग्रेट गरेको छ। बैंकका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। नेशनल पेमेन्ट स्वीचमा सहभागी भएर नेपाल पे क्यूआर इनेबल गर्नेमध्येहरु मेगा बैंक पनि पहिलो भएको बैंकले जनाएको छ। बैंकका व्यवसायिक ग्राहकहरु नेपाल पे क्यूआरको मर्चेन्टको रुपमा आफुलाई आबद्ध गराएर उपभोक्ताहरुलाई पनि उक्त बैंकिङ एप प्रयोग गराई भुक्तानी गराउन सक्ने बैंकले जनाएको छ।

नेपाल पे क्यूआर नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन ल्याएर संचालन गरिरहेको छ। बैंकले नेपाल पे क्यूआरलाई थप विस्तार गर्दै लैजाने जनाएको छ।

बैंकले २०७ शाखा, २५ एक्स्टेन्सन काउन्टर, ६० वटा शाखारहित बैंकिङ र १४० एमटीएमबाट वित्तीय सेवा दिँदै आएको छ।

6200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका