जोडिनुहोस
बुधबार, कार्तिक ७, २०८१
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • सिटिजन लाइफ आठौँ वर्षमा प्रवेश : बीमा सचेतना कार्यक्रम गरेर सातौँ वार्षिकोत्सव

सिटिजन लाइफ आठौँ वर्षमा प्रवेश : बीमा सचेतना कार्यक्रम गरेर सातौँ वार्षिकोत्सव

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पुर्याउने उदेश्यले स्थापना भएको सिटिजन लाइफ आठौँ वर्षमा प्रवेश गरेको हो । 

‘समृद्धी तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ अघी बढेको सिटिजन लाइफ२०७४, भाद्र ७ गतेको दिन जीवन बीमा व्यवसाय गर्न ईजाजत प्राप्त गरेर २०७४, कार्तिक २ गतेबाट व्यवसायिक करोबार शुरु गरेको थियो । 

सिटिजन्स लाइफ़्ले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । 

सिटिजन लाइफले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी कार्यक्रमहरु सुचारु गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको र यस वार्षिकोत्सवमा पनि, एक सप्ताह चल्ने गरी संस्थागत समाजिक उत्तरदायित्व सँगै अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ। 

यस वर्ष विशेष प्राथमिक्तामा सिटिजन लाइफ आठौँ वर्षमा प्रवेश : बीमा सचेतना कार्यक्रम गरेर सातौँ वार्षिकोत्सव  राखिएको छ । अहिलेको सन्दर्भमा हेर्दा अझै पनि धेरै नेपालीहरुमा जीवन बीमा सम्बन्धि जानकारी एवम चेतनाको कमी रहेकोले जनसमुदायमा जीवन बीमा प्रतिको जनचेतना वृद्धिका लागि विभिन्न ठाउँमा भव्य रुपमा सडक ¥याली, घर दैलो कार्यक्रम संचालन गर्ने सिटिजन्स लाइफले  जनाएको छ । यसका साथै कम्पनीका कयौं शाखाहरु अन्य थुप्रै संस्थाहरुसँग आबद्ध भएर जीवन बीमा सम्बन्धी कक्षाहरु सञ्चालन गर्ने जानकारी प्राप्त भएको छ । 

यसैगरी वार्षिकोत्सवको दिन नेपालमा रहेको जातिय विविधतालाई मनाउने अवसरको रुपमा लिदै कम्पनीले यस वर्षदेखि ‘ विविधता र समावेशीकरण’ विशेष कार्यक्रमको सुरुवात गरेको छ र विविधतामा एकतालाई प्रवद्र्धन गर्ने र संस्थामा रहेका कर्मचारीहरू बीचमा आत्मीयताको भावना विकास गर्ने साथै एक अर्काको संस्कृति बारे ज्ञान बढाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

यसै सन्दर्भमा, प्राकृतिक प्रकोपलाई सामना गर्न तथा ग्लोबल वार्मिङ जस्ता ठुलो समस्यालाई केहि हद सम्म रोक्नका लागि सिटिजन लाइफले लिएको ‘गो ग्रीन’ पहल अन्तर्गत विभिन्न ठाउँहरुमा वृक्षा रोपण कार्यक्रम सञ्चालन गरिनेछ । 

त्यसैगरी, कम्पनीले हरेक वर्ष आयोजना गर्ने गरेको रक्तदान कार्यक्रम यसपाली पनि प्रधान कार्यालय लगायत देशभरीका विभिन्न शाखा कार्यालयहरुमा गरिने भएको छ । देशमा हालै आएको प्राकृतिक प्रकोप र डेङ्गु जस्ता विभिन्न रोगको महामारी फैलिरहेको समयमा, आवश्यकतामा परेकाहरुलार्ई मद्दत गर्न पाउदा कम्पनी आभारी हुने कुरा व्यक्त गरेको छ ।

कम्पनीले प्रधान कार्यालयसमेत १३६ शाखा तथा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा प्रदान गरिरहेको छ। कम्पनीका अनुसार ७ वर्षको अवधिमा बीमितले ५ अर्ब ८० करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन्। 

यसैगरी १४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गर्न सफलता मिलेको छ। १९ अर्ब ८ करोड रुपैयाँ कुल लगानी रहेको यो कम्पनीसँग ३ अर्ब ३ करोड रुपैयाँबराबरको जगेडा तथा कोष छ। कम्पनीको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ।

सिटिजन लाइफले ७ वर्षको अवधिमा जम्मा ९ वटा बीमालेख प्रचलनमा ल्याएको छ भने कुल ११ लाख ८९ हजार बीमित रहेका छन्। कम्पनीमा २९ हजारभन्दा बढी सक्रिय अभिकर्ता छन्।

75
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका