जोडिनुहोस
बुधबार, कार्तिक ७, २०८१
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • पार्किङमा राखिएको सेरेसको इभीमा आगलागी, कारण ब्याट्री सर्ट

पार्किङमा राखिएको सेरेसको इभीमा आगलागी, कारण ब्याट्री सर्ट

विद्युतीय एसयूभी सेरेसमा आगलागी भएको छ ।
काठमाण्डौको सितापाइलास्थित विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा पार्किङ गरेर राखिएको सेरेसको इभी एसयूभीमा एक्कासी आगलागी भएको हो ।

बा प्र ०२ ०२९ च ५९५० नम्बरको सेरेसको सो विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

पार्किङ गरेर राखिएको कारमा एक्कासी आगलागी भई धूँवाको मुस्लो देखिएपछि स्थानीय त्रसित भएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा सो कारमा ब्याट्री सर्ट भएर आगलागी भएको थियो ।

वारुणयन्त्र, प्रहरी र स्थानीयको सहकार्यमा सेरेसको इभीमा लागेको आगो नियन्त्रणमा लिइएको बताइएको छ । पार्किङ गरेर राखिएको भए पनि कारमा कोही थिएनन्, जसका कारण घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका