जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • विश्व वित्तीय सप्ताह आजदेखि सुरु, कामना सेवाको वित्तिय साक्षरता

विश्व वित्तीय सप्ताह आजदेखि सुरु, कामना सेवाको वित्तिय साक्षरता

विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले सोमबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गानाइजेशन अफ इकोनोमी एण्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताह आजदेखी सुरुवात भएको हो ।

राष्ट्र« बैंक द्धारा आयोजित ग्लोबल मिन वीक अन्तर्गत कामना सेवा विकास बैंकले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक कृषकहरुलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका कोशी प्रदेशको प्रमुख मोहन दत्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द« प्रसाद लिङदेनको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख मोदनाथ गुरागाँईले प्रस्तुतिकरण गरेका थिए । स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, वचतको विकासले गर्दा दैनिक जिवनयापन सहज वनाउन सकिने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

उक्त कार्यक्रममा झापा जिल्लामा विभिन्न किसीमका नगदेवाली उत्पादन सँग सम्वन्धीत १०० जना भन्दा बढी महानुभावहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले कृषकहरुले वचत, ऋण तथा बैंकिङ कारोवारको वारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुको निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका