जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हुण्डाई नेपालको २०२६ को रोडम्याप: स्मार्ट मोबिलिटी र आधुनिक प्रविधिमा जोड

हुण्डाई नेपालको २०२६ को रोडम्याप: स्मार्ट मोबिलिटी र आधुनिक प्रविधिमा जोड

नेपालको अटोमोबाइल बजारमा एक अग्रणी र प्रतिष्ठित ब्रान्डको रूपमा स्थापित हुण्डाई नेपालले सन् २०२६ को सुरुवातसँगै ग्राहकको विश्वास, स्मार्ट मोबिलिटी र दीर्घकालीन मूल्यलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ यात्राको घोषणा गरेको छ।

हुण्डाई नेपाल (लक्ष्मी इन्टरकन्टिनेन्टल) ले देशभर फैलिएको आफ्नो बलियो डिलर र सर्भिस नेटवर्कमार्फत नेपाली परिवारहरूको मन जित्न सफल भएको छ। कम्पनीले हाल ह्याचब्याकदेखि प्रिमियम एसयूभी र अत्याधुनिक विद्युतीय सवारी साधन (ईभी) सम्मका विविध मोडलहरू उपलब्ध गराउँदै आएको छ।

हुण्डाईले केवल गाडी बिक्री मात्र नगरी नेपालको सडक र अवस्था सुहाउँदो विश्वस्तरीय मोडलहरू भित्र्याउनुका साथै ‘मेड इन नेपाल’ अभियानलाई पनि तीव्रता दिएको छ। नवलपरासीमा स्थापित एसेम्बली प्लान्टमार्फत स्थानीय स्तरमा उत्पादन सुरु हुनुले ब्रान्डप्रति नेपाली ग्राहकको भरोसा थप बढेको छ।

सफा र हरित यातायाततर्फको यात्रामा हुण्डाई नेपाल सधैँ अगाडि रहँदै आएको छ। कम्पनीले क्रेटा ईभी र काेना इलेक्ट्रिक जस्ता लोकप्रिय मोडलहरूमार्फत कार्यक्षमता, सस्तो सञ्चालन खर्च र दिगो भविष्यको सन्तुलन मिलाएको छ। सन् २०२६ मा पनि चार्जिङ स्टेशनको विस्तार र गुणस्तरीय ‘आफ्टर सेल्स’ सर्भिसलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

1175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका