जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • वित्तीय क्षेत्रमा हरित लगानीको मार्गदर्शन : घर कर्जाको सीमा १५ करोड रुपैयाँसम्म

वित्तीय क्षेत्रमा हरित लगानीको मार्गदर्शन : घर कर्जाको सीमा १५ करोड रुपैयाँसम्म

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई वातावरणमैत्री बनाउने उद्देश्यले ‘ग्रिन फाइनान्स ट्याक्सनोमी-२०२४’ जारी गरेको छ । वातवरणमैत्री कर्जा लगानीको गर्दा आवश्यक सन्दर्भ सामग्रीको रूपमा उक्त दस्तावेज ल्याएको जनाएको छ ।

नेपालको हरित वित्त प्रणालीको रूपरेखा कस्तो हुने हरित वित्त गतिविधिलाई कसरी वर्गीकरण गर्ने र लगानीको रूपरखा कस्तो हुने विषय उक्त दस्तावेजमा समावेश छ । हरित र दिगो लगानीलाई प्रवर्द्धन वित्तको विभिन्न प्रकार र त्यसको आफ्नै महत्त्व रहेको दस्तावेजमा उल्लेख छ ।

उक्त दस्तावेशमा वित्तका प्रकारहरूमा न्यून कार्बन वित्त, अनुकूलन र सहनशीलता वित्त, जलवायु वित्त, हरित वित्त, कार्बन वित्त, दिगो वित्तहरु तथा त्यसको परिभाष समेत उल्लेख गरेको छ ।

न्यून कार्बन वित्त : यसले कम कार्बन अर्थतन्त्रतर्फको परिवर्तनलाई समर्थन गर्ने गतिविधिहरूको वित्तीय व्यवस्थापनलाई जनाउँछ। यसमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र अन्य ग्रिनहाउस ग्यास उत्सर्जन घटाउने उपायहरूमा गरिएको लगानी समावेश रहने उल्लेख छ ।

अनुकूलन र सहनशीलता वित्त : यसले जलवायु–स्थायित्वयुक्त अर्थतन्त्रमा परिवर्तनलाई समर्थन गर्ने गतिविधिहरूको वित्तीय व्यवस्थापनलाई जनाउँछ । यसमा समुदाय, पारिस्थितिक प्रणाली र अर्थतन्त्रलाई जलवायु परिवर्तनका प्रभावहरूबाट कम संवेदनशील बनाउनका लागि गरिएका लगानीहरू समावेश हुने उल्लेख छ ।

जलवायु वित्त : यसले स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्रोतहरूबाट जुटाइने वित्तीय साधनहरूलाई जनाउँछ, जसले जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलन कार्यहरूलाई समर्थन गर्न खोज्ने उल्लेख छ ।

हरित वित्त : यसको क्षेत्र जलवायु वित्तभन्दा फराकिलो छ । न्यून कार्बन, जलवायु–संवेदनशील र समावेशी विकास तर्फको संक्रमणका लागि व्यवस्थित लगानी गतिविधिहरूका दृष्टिकोण समावेश गर्दछ। ‘हरित वित्त’ सामान्यतः जलवायु वित्तभन्दा फराकिलो अवधारणा हो । हरित वित्तले सार्वजनिक र निजी लगानी प्रवाहहरूको हरितकरणमा बढी ध्यान केन्द्रित गर्दछ।

कार्बन वित्त : यो एक नवीन वित्तीय उपकरण हो, जसले कार्बन उत्सर्जनमा आर्थिक मूल्य दिन्छ । कम्पनीहरूले आफ्नै उत्सर्जनलाई घटाउन कार्बन क्रेडिटहरू किन्न अनुमति दिन्छ । यसको अन्तर्गत प्रमाणित कार्बन बजारमा भाग लिन योग्य परियोजनाहरूलाई हरित वित्त विकल्पहरूमा समाहित गर्न सकिन्छ।

दिगो वित्त : दिगो भन्नाले वित्तीय क्षेत्रमा लगानी निर्णय गर्दा वातावरणीय, सामाजिक, र सुशासन सम्बन्धी पक्षहरूलाई ध्यानमा राख्ने प्रक्रियालाई जनाउँछ । यसले दिगो आर्थिक गतिविधि र परियोजनाहरूमा दीर्घकालीन लगानीको वृद्धि गर्न मद्दत गर्छ । दिगो लगानीले हरित ऊर्जा परियोजनामा स्रोतहरू लगानी गर्ने, निजी स्रोतहरूलाई कार्बन–तटस्थ परियोजनाहरूमा उपयोग गर्ने, र सामाजिक मूल्यहरू जस्तै सामाजिक समावेशिता वा राम्रो सुशासन प्रदर्शन गर्ने कम्पनीहरूमा लगानी गर्नेसम्मका गतिविधिहरू समेट्छ।

नेपालको हरित वित्त वर्गीकरण प्रणाली चार मुख्य सिद्धान्तहरूमा आधारित रहेको उल्लेख छ । यी सिद्धान्तहरू राष्ट्रिय नीति, योजनाहरू, र जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी नियामक ढाँचाहरू, हरित, सहनशील, र समावेशी विकास दृष्टिकोणलाई आवश्यक पर्ने संक्रमणमा आधारित रहेको उल्लेख छ ।

हरित वित्त वर्गीकरण प्रणालीका चार सिद्धान्तहरू

जलवायु परिवर्तन अनुकूलन
जलवायु परिवर्तन न्यूनीकरण
प्राकृतिक स्रोत संरक्षण र व्यवस्थापन
प्रदूषण रोकथाम र नियन्त्रण
नेपालमा हरित वित्त वर्गिकरणमा क्षेत्र लगानीका क्षेत्र र श्रेणीहरू समेत उक्त दस्तावेजमा तोकिएको छ । हरित वित्त वर्गिकरणमा लगानीको क्षेत्र वर्गिकरण औद्योगिक वर्गीकरण अनुसार भएको छ ।

औद्योगिक वर्गिकरण अनुसार लगानीको क्षेत्र वर्गिकरण गर्दा १७ क्षेत्रमा वर्गिकरण भएका छन् । हरित वित्र वर्गिकरणमा लगानीका क्षेत्रहरु :

१. कृषि र वन

२. माछापालन

३. खानी

४. कृषि, वन र पेय उत्पादन

५. गैर–खाद्य उत्पादन

६. निर्माण

७. ऊर्जा, ग्यास र पानी

८. धातु उत्पादन, मेशिनरी र इलेक्ट्रोनिक उपकरण र एसेम्बल

९. यातायात, सञ्चार र सार्वजनिक सेवाहरू

१०. थोक र खुद्रा विक्रेता

११. वित्त, बीमा

१२. रियल इस्टेट

१३. पर्यटन सेवा

१४. मोटर गाडी र अन्य सेवाहरू

१५. स्वास्थ्य सेवा र फोहोर व्यवस्थापन

१६. शिक्षा सेवा

१७. उपभोक्ता ऋण

लगानीका लक्षित क्षेत्रमा कृषि र वन, ऊर्जा र जलस्रोत, पर्यटन र यातायात, स्वास्थ्य र फोहोर व्यवस्थापन रहेका छन् ।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?