जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड

माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड

माछापुच्छ्रे बैंकले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस Contact Less कार्ड सेवा सुरु गरेको छ । आम ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस Contact Less कार्ड सेवा संचालनमा ल्याएको हो ।

कन्ट्याकलेस Contact Less कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी एइक् (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ’ट्याप एण्ड पे’ सुविधायुक्त एइक् मा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।

कन्ट्याकलेस Contact Less कार्ड अन्र्तगत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी रु. २००० सम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २००० भन्दा बढिको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ ।

बैंकले उक्त सेवा आफ्ना अधिकांश एइक् मसिनलाई ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको छ । उक्त सुबिधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस Contact Less कार्ड लिन सक्ने बैंकले जनाएको छ ।

11775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका