जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्स खरिदकर्ता र बिक्रीकर्ता दुबैको चाप,

शिखर इन्स्योरेन्स खरिदकर्ता र बिक्रीकर्ता दुबैको चाप,

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासमा १८.४६ प्रतिशतले वृद्धि गरी ४७ करोड २९ लाख रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो आवको यसै अवधिमा शिखरले खुद नाफा ३९ करोड ९२ लाख रुपैयाँ गरेको थियो । शिखर इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी र जीवन बीमा कोष १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ छ ।

कम्पनीको जगेडा कोष ११५.५ ले बढेर ४५ करोड ७० लाख पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा २१ करोड २५ लाखको जगेडा कोष थियो ।

त्यस्तै जीवन बीमा कोष २७.५७ प्रतिशतले वृद्धि गरी १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ७ करोड ३३ लाख रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीले १ अर्ब ५६ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड १९ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आर्जन २ करोड ८५ लाखले घटेको हो ।

गत आवमा कम्पनीले पुर्नबीमा कमिसन आयबाट ४९ करोड ६६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै कम्पनीको व्ययतर्फ खुद दाबी भुक्तानीमा १ अर्ब ११ करोड ४० लाख, अभिकर्ता कमिसन ३ करोड ४९ लाख १६ हजार रुपैयाँ, खुद शुल्क १ करोड ५६ लाख रुपैयाँ, व्यवस्थापन खर्च ४० करोड ५७ लाख खर्च गरेको छ ।

कम्पनीले चौथो त्रैमाससम्म ३ लाख ३ हजार ५९१ बीमालेख जारी गरेको कम्पनीले ३ अर्ब ५१ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने ६४ हजार ९७४ बीमालेख नवीकरण भएका छन् ।

गत वर्ष ३ लाख २ हजार ५९१ बीमालेख जारी गरेको कम्पनीले ३ अर्ब ५१ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने ६४ हजार ९७४ बीमालेख नवीकरण भएका छन् ।

त्यस्तै १६ हजार ६३५ वटा दाबीमार्फत् परेको १ अर्ब ८५ करोड ३४ लाख बराबरको कुल दाबी भुक्तानी गरेको छ भने ४ हजार ३८२ दाबीबाट परेको ८१ करोड १६ लाख बराबरको भुक्तानी गर्न बाँकी छ ।

चौंथो त्रैमाससम्म कम्पनीले दाबीवापतको ३० करोड ९ लाख बराबरको भुक्तानी गर्न बाँकी छ । अघिल्लो आवमा कम्पनीले ३ लाख २ हजार ४३४ बीमालेखबाट ३ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै ५ हजार २११ वटा परेको ४ हजार ५५२ दाबीबाट परेको १ अर्ब ८६ करोड ५५ लाख कुल दाबी भुक्तानी गरेको थियो भने ३ हजार ८७ दाबीबाट परेको ६५ करोड ४१ लाख बराबरको कुल दाबी भुक्तानी गर्न बाँकी थियो ।

खुद नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ७६ पैसाबाट बढेर ४४ रुपैयाँ ४३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २५० रुपैयाँ १७ पैसा, र मूल्य आम्दानी अनुपात १७.२४ गुणा छ ।

शिखर इन्स्योरेन्स कम्पनीको पाँच वर्षको वित्तीय विवरण

फ्लोरसिट

फ्लोरसिटबाट हेर्दा ४,३९,३५,४५ र ३५ ब्रोकर नम्बरबाट सबैभन्दा बढी कारोवार भएको देखिन्छ । त्यस्तै बजार मूल्य २२० देखि २२० को तहमा १ लाखदेखि ८० हजार कित्ता सेयर कारोबार भएको छ । त्यसले पनि यी मूल्यको आफै बलियो अवरोध मान्न सकिन्छ ।

प्राविधिक परिसूचक

मैनबती आकृति विश्लेषण

मैनबत्ती आकृतिले खरिदकर्ता तथा बिक्रीकर्ताको चापको देखाउँछ । यस साता कारोबार बन्द हुँदा हेन्गिङ मैन प्रकृतिको आकृति बनेको छ । यस्तो प्रकृति आकृति सिद्दान्त अनुसार लगातार बुलिस मैनबत्ति वा वियरिस हेन्गिङ मैन आकृति बन्दा मात्र मार्केट रिभरसल संकेत गर्दछ ।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स

यस साताको बिहीबार मात्र कम्पनीको कारोबार बन्दहुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ३० को स्केलबाट ३७।४२ स्केलमा पुगेको छ ।

ंबैंकको कारोवार भोलुम गिरावट देखिन्छ । लिडिङ औजार मानिने १४ दिने आरएसआई कारोबारका लागि ऋणात्मक तथा धनात्मक डाइभोजेन्स आदिको प्रयोग हुने भएकाले कुनै पनि बजारको ठूलो परिवर्तनको पूर्ण संकेत अर्थात रणनीति परवर्तनका लागि प्रयोग हुने औजार मानिन्छ ।

कमोडिटि च्यानल इन्डेस्क

बिहीबार कारोबार बन्दसँगै कमोडिटि च्यानल इन्डेस्कले ऋणात्मक १४३ बाट ऋणात्मक ७२ स्केलमा आएको देखाउँछ । यस सीसीआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि गयो भने बढ्ने र ऋणात्मक १०० को स्केलभन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई वटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ ।

यदि एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिइन्छ र यसले सेयरहरु किन्ने संकेत गर्दछ भने यदि एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिइन्छ र यसले सेयरहरु बेच्ने संकेत गर्दछ ।

शिखर इन्स्योरेन्स कम्पनीको एमएसीडीले सिग्नल लाइनलाई बुलिस क्रस गरेको अवस्थामा रहेको छ र हिस्टोग्राम बिस्तारै सेन्ट्रल लाइनभन्दा माथि जाने सम्भावना रहेको छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यान्डर्ड डेभिएसनको सुत्र प्रयोग भएकाले एक आपसमा निश्चित दूरी तय गर्छ । यस सूचकले बजारको भोलाटिलिटी मापन गर्दछ ।

निरन्तर लो ब्याण्ड छुँदै घट्यो भने सानो सुधारको सम्भावना प्रवल हुने गर्दछ । शिखर इन्स्योरेन्स कम्पनीको मे महिनादेखि लो ब्याण्डलाई क्रस गर्दै घटेको चार्टबाट स्पष्ट देखिन्छ । यस अवस्थामा सिद्दान्त अनुसार न्यूनतम मिडल ब्याण्ड अर्थात् ७५० सम्म सम्भावना प्रवल छ ।

निश्कर्ष

निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स राम्रो कम्पनी हो । गत आवको चौथो त्रैमासमा चुक्ता पुँजीको स्थिरता र खुद मुनाफा १८.४६ प्रतिशतले वृद्धि हुँदा प्रतिसेयर आम्दानी ३८ रुपैयाँबाट ४४ रुपैंया ७३ पैसा पुग्यो ।

निर्जीवन बीमा कम्पनीमध्ये शिखरले सबैभन्दा बढी १ अर्व ५६ करोड रुपैयाँ नेट प्रिमियम आर्जन गर्न सफल भयो । शिखर इन्स्योरेन्सको जगेडा कोष ११५ ५, खुद प्रिमियम आर्जन ५.४७ ५, बीमा नविकरण संख्या ०.३८५ ले वृद्धि हुनु सकरात्मक पक्ष हो ।

साउन २८ गते कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन भएको साधारण सभामा लाभांश वितरण नगर्ने घोषणा गरेको शिखरले सभामा ३०.५ हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त पूर्व घोषित हकप्रद जारी भयो भने मूल्यमा दवाव पर्ने छ । अन्य प्राविधिक सूचकहरुले छोटो समयका लागि थोरै सकारात्मक संकेत गर्दछ ।

तथ्यांकको आधारमा गरिएको प्राविधिक विश्लेषणको आधारमा गरिने लाभहानीको जिम्मेवार आर्थिक बजार न्यूज डटकम जिम्मेवार हुने छैन

4940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?