कामना सेवा विकास बैंकले नगद लाभांश वितरण सुरु गरेको छ । बैंकले गत असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो ।
गत बिहीबार अर्थात् कात्तिक १ गतेदेखि सम्वन्धित सम्बन्धित सेयरधनीहरुको बैंक खातामा पठाएको हो ।
बैंकले गत आवको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बापतको ५ प्रतिशत नगद लाभांश भने सेयरधनीको खातामा जम्मा गरिदिएको हो ।