जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सल्यानमा एनएलजी इन्स्योरेन्सको अभिकर्ता आधारभूत तालिम सम्पन्न

सल्यानमा एनएलजी इन्स्योरेन्सको अभिकर्ता आधारभूत तालिम सम्पन्न

कर्णाली प्रदेशको सल्यानमा कृषि बीमालाई प्रोत्साहन गर्ने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सल्यान शाखाले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले कृषि पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी तीन दिने आधारभूत तालिम सम्पन्न गरेको हो ।

माघ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको उक्त अभिकर्ता तालिममा ५० जना भन्दा बढीको सहभागिता रहेको कम्पनीले जनाएको छ । एनएलजी इन्स्योरेन्सका विजनेश कोअर्डिनेटरले उक्त अभिकर्ता तालिमको मुख्य प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।

त्यस्तै, अभिकर्ता तालिममा सहजकर्ताको रुपमा कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख हरिहर अर्याल तथा विभिन्न शाखाका कर्मचारीहरु लेख बहादुर खत्री, अनु हमाल, कल्पना थापा र अनुराग बोहरा रहेका थिए ।

तालिममा सहभागीले अभिकर्ता तालिम निकै फलदायी भएको र तालिम बाट सिकेको ज्ञान तथा सिपबाट कृषकहरुलाई बीमा बारे जानकारी गराउन सहज हुने र स्वरोजगारमा समेत टेवा पुग्ने बताएका थिए ।

उक्त तालिममा कृषि बीमाका सैधान्तिक पक्ष लगायत कृषि बीमाका विभिन्न बीमालेखको बारेमा जानकारी गराइएको थियो । यस कम्पनीले हालै मात्र विराटनगर, रामेछापको मन्थलीमा समेत अभिकर्ताृ तालिम कार्यकम सम्पन्न गरेको जनाएको छ ।

साथै, यही चालु आर्थिक वर्ष भित्र डोल्पा र पश्चिम रुकुममा समेत बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।

380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका