जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आइपीओ निकाल्न बाँकी ५ वटा बीमा कम्पनीले एक सय रुपैयाँमा आइपीओ नल्याउने

आइपीओ निकाल्न बाँकी ५ वटा बीमा कम्पनीले एक सय रुपैयाँमा आइपीओ नल्याउने

सर्वसाधारणलाई सेयर जारी नगरेका जीवन बीमा कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँमा आइपीओ निष्कासन नगर्ने भएका छन् ।

 

पछिल्लो समय बीमा समितिबाट १० वटा जीवन बीमा कम्पनीले स्विकृति पाएका थिए । जसमा अहिले सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई सेयर जारी गरेको छ । सानिमा लाइफ सहित सर्वसाधारणलाई ५ वटा जीवन बीमा कम्पनीले सेयर जारी गरेका छन् ।

धितोपत्र बोर्डमा रिलायवल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । रिलायवलले प्रतिकित्ता एक सय रुपैयाँमा १२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११२ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता ११२ रुपैयाँमा रिलायवलले आइपीओ निकाल्ने अनुमति पाएमा उसको रिजर्बमा ७ करोड २० लाख रुपैयाँ थपिने छ ।

यस्तै आइपीओ निकाल्ने तयारीमा रहेका आइएमई लाइफ,सिटिजन्स लाइफ,सन लाइफ इस्योरेन्स तथा महालक्ष्मी पनि प्रिमिय मूल्य वा बुक बिल्डिङ प्रणालीबाट आइपीओ निकाल्ने मनस्थिती बनाएका छन् । बुक बिल्डिङ प्रणालीबाट आइपीओ ल्याउनको भने केही मापदण्ड नपुग्न सक्छ ।

तर,प्रिमियम मूल्यमा आइपीओ जारी गर्नको लागि भने मापदण्ड समेत पुग्ने हुँदा सेयर निष्कासन गर्न बाँकी रहेका ५ वटा जीवन बीमा कम्पनीले १०० रुपैयाँमा आइपीओ ननिकाल्ने नीति लिएका हुन् ।

प्रिमियय मूल्यमा आइपीओ निकाल्ने अनुमति पाएमा औसतमा ५ देखि १० करोड रुपैयाँसम्म प्रिमियम वापतको रकम रिजर्बमा लग्न पाइने तथा त्यसबाट सेयरधनीलाई बोनस सेयर दिन सकिने फाइदा हुन्छ । जसले गर्दा कम्पनीले केही प्रतिशत भएपनि बोनस सेयर जारी गर्न स्रोत जुट्छ ।

1980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका