जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गभर्नर अधिकारी सार्फीको उपाध्यक्ष चयन

गभर्नर अधिकारी सार्फीको उपाध्यक्ष चयन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एशिया रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सार्फी)को उपाध्यक्ष चयन भएका छन् ।

गर्भनर अधिकारी सेन्ट्रल बैंक अफ जोर्डनको संयुक्त आयोजनामा सन् २०२२ सेप्टेम्बर ५ देखि ८ मा जोर्डनको डेड सीमा आयोजित ‘ग्लोबल पलिसी फोरम, २०२२’ मा सहभागी भएका थिए । सोही कार्यक्रममा उनी सार्फीको उपाध्यक्षमा चयन भएका हुन् ।

सेप्टेम्बर ७ मा आयोजित एक समारोहकाबीच (सार्फी) को औपचारिक शुभारम्भ भएको थियो  । सो समारोहमा एएफआइमा  आबद्ध केन्द्रीय बैंक र अन्य सदस्य संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

सार्फीको अध्यक्षमा माल्दीभ्सको केन्द्रीय बैंक माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम र गभर्नर अधिकार उपाध्यक्षमा चयन भएका हुन् । समारोहमा माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्रमशः अध्यक्ष र उपाध्यक्षको हैसियतमा उद्घाटन मन्तव्य राखेका थिए ।

सार्फीको औपचारिक शुभारम्भको अघिल्लो दिन सेप्टेम्बर ६ मा आयोजित समारोहमा माल्दिभ्स मनिटरी अथोरिटीका गर्भनर र नेपाल राष्ट्र बैंकका गभर्नर, स्टेट बैंक अफ पाकिस्तान र बङ्गलादेश बैंकका डेपुटी गभर्नर तथा एलायन्स फर फाइनान्सियल इन्क्लुजनका कार्यकारी निर्देशक डा. अल्फ्रेड ह्यानिङले ‘सार्फी चार्टर’मा हस्ताक्षर गरेका थिए ।

उक्त समारोहमा बङ्गलादेशको माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी, रोयल मनिटरी अथोरिटी अफ भुटान र सेन्ट्रल बैंक अफ श्रीलङ्काका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको प्रवद्र्धनका निम्ति नीतिगत व्यवस्थाको तर्जुमा र सोको कार्यान्वयनलाई सबल बनाउने सामूहिक अभ्यासस्वरूप सार्फीको शुभारम्भ भएको हो ।

सार्फीअन्तर्गत क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुकरण गर्दै सबै वर्गमा वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका रणनीतिक स्तम्भहरू तय भएका छन् ।

यसअन्तर्गत दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको प्रवद्र्धनका निम्ति सन् २०२३ – २०२५ सम्म कार्यान्वयन गर्नेगरी विभिन्न कार्ययोजनाहरू प्रस्ताव गरिएका छन् ।

एफआइको फ्ल्यागसिप कार्यक्रमको रूपमा रहेको ‘ग्लोबल पलिसी फोरम’ को उद्घाटन जोर्डनका प्रधानमन्त्री डा. बिशेर अल–खसानेहले गरेका थिए । सो कार्यक्रममा गभर्नर अधिकारीका साथ बैंकका कार्यकारी निर्देशक नरेश शाक्य लगायत अन्य अधिकृतहरूको उपस्थिति थियो ।

1175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका