जोडिनुहोस
बुधबार, कार्तिक ७, २०८१
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको ३ दिने प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न

प्रभु महालक्ष्मी लाइफको ३ दिने प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीनदिने प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यहि कात्तिक ४ गतेदेखि ६ गतेसम्म उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उत्कृष्ट कर्मचारीहरुलाई सम्मान र कार्यक्षमता अभिबृद्धि गर्ने उदेश्यले आयोजित सो कार्यक्रम करिव एक सय भन्दा बढीको सहभागिताले भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सबै कर्मचारीहरुलाई मनोबल उच्च राखेर इमान्दारीताका साथ काम गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा देशभरीका शाखा प्रमुख लगायतका कम्पनीका व्यवस्थापन तहका कर्मचारीहरुले भव्य रुपले नाच गान र प्रशिक्षणसहित रमाइलो गरेर सम्पन्न गरेका छन् ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?