जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेचर सुपर मार्केटले ल्यायो ‘तिज विशेष अफर’, सामान खरिदमा उपहार नै उपहार

नेचर सुपर मार्केटले ल्यायो ‘तिज विशेष अफर’, सामान खरिदमा उपहार नै उपहार

नेचर सुपर मार्केट प्रा.लि.ले महिलाहरुको महान पर्व तिजलाई लक्षित गरेर ‘तिज विशेष अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले सामान खरिदमा तिज विशेष उपहार प्राप्त गर्नेछन् । भदौ १५ गतेबाट सुरु भएको अफर भदौ ३१ गतेसम्म जारी रहने सञ्चालक तारामान धामीले जानकारी दिए ।

अफर अन्तर्गत १ हजार ५ सय रुपैयाँदेखि २ हजार ४ सय ९९ सय रुपैयाँसम्मको सामान खरिदमा ग्राहकले पोते उपहार प्राप्त गर्नेछन् । २ हजार ५ सय रुपैयाँदेखि ४ हजार ९ सय ९९ रुपैयाँसम्मको सामान खरिदमा टीका र चुरा उपहार प्राप्त गर्नेछन् भने ५ हजार रुपैयाँ भन्दा माथिको सामान खरिदमा टीका, चुरा र पोते उपहार प्रदान गरिनेछ ।

नेचर सुपर मार्केटको मुख्य शाखा मैतीदेवी र शाखा नरेफाँट दुवै ठाउँमा यो अफर लागु हुनेछ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको सुपर मार्केटले दैनिक उपभोग्य र ग्रोसरी सामान सुपथ मूल्यमा बिक्री गर्दै आइरहेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम डेलिभरीको सुविधा निःशुल्क उपलब्ध रहेको धामीले जानकारी दिए ।

‘उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी नेचर सुपरमार्केट प्रा.लि.ले समय समय उपभोक्ता मुखी विभिन्न खालका अफरहरु ल्याइरहेको छ,’ सञ्चालक धामीले भने, ‘आगामी दिनमा पनि विभिन्न खालका अफरहरु ल्याउनेछौं ।

4120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका