जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कुमारी बैंकले ल्यायो तिहार तथा छठ अफर, २५ प्रतिशत क्यासब्याक पाइने

कुमारी बैंकले ल्यायो तिहार तथा छठ अफर, २५ प्रतिशत क्यासब्याक पाइने

कुमारी बैंकले आउँदै गरेको तिहार, किजा पूजा तथा छठ पर्वका अवसरमा ‘तिहार तथा छठ क्यासब्याक अफर’ ल्याएको छ।

कात्तिक १४ देखि २२ गतेसम्मका लागि तिहार तथा छठ क्यासब्याक अफर लागू हुने बैंकले जानकारी दिएको छ। बैंकका अनुसार भाइटीका तथा किजा पूजाको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो १ हजार जनालाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिने छ।

अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराइने बैंकको विज्ञप्तिमा उल्लेख छ।

2610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका