जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम

हाल देशमा महामारीको रुपमा फैलिएको डेंगु रोग फैलिरहेको छ। नेपाल सरकारले डेंगु रोगले नेपालभर १२ हजारभन्दा मानिसहरु यसबाट संक्रमित भइसकेका छन्।

अतः नेपालमा यही रोगका कारण रगत अभाव हुँदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रिलायन्स लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्स लाइफले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए। यसका साथसाथै विभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए।

यो महामारीको समयमा रक्तदान कार्यक्रम आयोजना गरी रगत उपलब्ध गराउन सफल भएको र नेपाल रेडक्रस सोसाइटीको समेत भरपुर सहयोग भएकोमा रिलायन्स लाइफ इन्स्योरेन्सले धन्यवाद दिएको दिएको छ। ‘यस महान कार्यबाट धेरै बिरामीको ज्यान जानबाट सुरक्षित हुन मद्दत पुग्नेमा कम्पनी विश्वस्त छ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले भने।

कार्यक्रममा १०० जनाभन्दा बढीको उपस्थिति भई रक्तदान गरिएको थियो।

रिलायन्स लाइफको हाल देशभर १२४ शाखाहरु छन् भने १ हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

3685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका