जोडिनुहोस
बुधबार, कार्तिक १४, २०८१
बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकद्वारा धनतेरसलाई चाँदीको सिक्का बिक्री शुरु

राष्ट्र बैंकद्वारा धनतेरसलाई चाँदीको सिक्का बिक्री शुरु

नेपाल राष्ट्र बैंकले धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री सुरु गरेको छ । बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री सुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए ।

सुनको असर्फि भने मंगलबार एकदिन मात्रै बिक्री गरिने उनले बताए । बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाई मेडालियनको दर २२ सय रुपैयाँ तोकेको छ भने गाई मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकिएको पोखरेलले बताए ।

सुनको असर्फि नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने उनले जानकारी दिए । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्दै आएको छ ।

65
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका