जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा सोमबार डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो ।

यस अवसरमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात आव २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू सभामा छलफल भई स्वीकृत भएको छ ।

सभाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँबराबरको नगद लाभांश छन् ।

525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका