जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • नेप्सेमा सूचीकृत ३५ कम्पनीले गरे लाभांश घोषणा, १६ को बुक क्लोज हुन बाँकी

नेप्सेमा सूचीकृत ३५ कम्पनीले गरे लाभांश घोषणा, १६ को बुक क्लोज हुन बाँकी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ३५ कम्पनीले लाभांश घोषणा गरेका छन्। कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन्।

लाभांश घोषणा गर्नेमा वाणिज्य बैंक ७, विकास बैंक १, होटल क्षेत्रका कम्पनी २, हाइड्रो ११, इन्भेष्टमेन्ट कम्पनी २, जीवन बीमा कम्पनी १, उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी २ र माइक्रोफाइनान्स ८ वटा छन्।

लाभांश घोषणा गरेका ३५ कम्पनीमध्ये १९ कम्पनीले बुक क्लोज गरिसकेका छन्। बाँकी १६ कम्पनीले बुक क्लोज गर्न बाँकी छ। बुक क्लोज गर्न बाँकी कम्पनीको सेयर खरिद गर्दा अझै पनि लाभांश पाउन सकिनेछ।

सिटिजन्स बैंक, एभरेष्ट बैंक, भगवती हाइड्रोपावर, नेपाल ल्युब आयल, ओरियन्टल होटल, सीइडीबी हाइड्रो, अपी पावर, साहस उर्जा, कामना सेवा विकास बैंक, गुराँस लघुवित्त, सुपर मादी हाइड्रोपावर, युनिलिभर नेपाल र रुरु जलविद्युत कम्पनीले लाभांश पारित गरिसकेका छन्।

बैंक तथा वित्तीय संस्था 

हालसम्म ७ वाणिज्य बैंक, एक विकास बैंक र ८ लघुवित्त संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आ–आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन्।

स्टान्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सानिमा बैंक, सिटिजन्स, ग्लोबल आइएमई र एभरेष्ट बैंकले आव २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेका हुन्। एभरेष्ट र सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गरिसकेका छन्।

लाभांश घोषणा गरेका १६ वटा बैंक तथा वित्तीय संस्थामध्ये ११ कम्पनीले बुक क्लोज गरेका छैनन्।

हाइड्रो  

हाइड्रोपावरतर्फ ११ कम्पनीले लाभांश घोषणा गरेकामा ७ कम्पनीले बुक क्लोज गरेका छन्। बुक क्लोज गर्न बाँकी कम्पनीको सेयर किनेर लाभांश हात पार्न सकिनेछ।

सुपरमाई हाइड्रोले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले बुक क्लोजको मिति तोकेको छैन। यसर्थ यो कम्पनीको लाभांश हात पार्नका लागि सेयर किन्ने अवसर छ।

मन्दाकिनी हाइड्रोले २.२६ प्रतिशत, सगरमाथा जलविद्युत कम्पनीले ५ प्रतिशत र विन्ध्यवासिनी हाइड्रोपावरले ८ प्रतिशत लाभांश घोषणा गरेका छन्।

लाभांश घोषणा गरेर बुक क्लोज गर्न बाँकी कम्पनी

कम्पनीबाेनसनगदजम्मा लाभांशबुक क्लोज
विन्ध्यवासिनी हाइड्रोपावर
फर्स्ट माइक्रोफाइनान्स०.४७९.४७
सोल्टी होटल१०२६.८४२१३६.८४२११२/६/२०८१
नबिल बैंक१०१०
प्राइम कमर्सियल बैंक
नेसनल लघुवित्त१४.२५०.७५१५
सगरमाथा जलविद्युत४.७५०.२५२६/५/२०८१
सपोर्ट लघुवित्त१ ३.७७५०.७२५१४.५
आरएसडीसी लघुवित्त९.५०.५१०
सानिमा बैंक५.२६ ३२५.२६ ३२२५/५/२०८१
ग्लोबल आइएमई बैंक५.५५.५
फरवार्ड माइक्रोफाइनान्स१ ३. ३०.७१४
मन्दाकिनी महाइड्रोपावर०.२६ ३२५.२६ ३२२८/५/२०८१
आशा लघुवित्त१४.२५०.७५१५२५/५/२०८१
सुपरमाई हाइड्रोपावर५.६ ३१२.६ ३
स्टान्डर्ड चार्टर्ड बैंक६.५१९२५.५

400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका